Lockdown again in Nepal

काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को वस्तुस्थितिबारे विज्ञहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलएर ओलीले विज्ञहरुसँग परामर्श गरेका हुन् । उक्त छलफलमा सहभागी एक विज्ञले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार विज्ञहरुले कम्तिमा दुई साता लकडाउन लगाउन सुझाव दिएका छन् । र, उनीहरुको सुझावप्रति प्रधानमन्त्री ओलीपनि सकारात्मक छन ।परामर्शमा संसदमा विपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि परामर्शमा सहभागी छन् । छलफलमा सहभागी देउवाले कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्न सरकारसमक्ष आग्रह गरेका छन् । उनले सरकारलाई ७ बुँदे सुझाव दिँदै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्ने बन्दोबस्त मिलाउन सुझाव दिएका हुन् ।

Please speak in English :weary:

3 Likes

And please note that posting same thing multiple times is not allowed. Locking this thread :wink:

3 Likes